भारतमा थप ७१ हजार कोरोना संक्रमित, १ हजार २०० जनाको मृत्यु

माघ २६, नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ संक्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु १ हजार २१७ जनाको मृत्यु भएको बताएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या ५ लाख ५ हजार २७९ पुगेको छ ।  नयाँ संक्रमिततहरुको संख्या निक्कै कम हुँदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या८ लाख ९२ हजार ८२८ पुगेको छ ।  सोही अवधिमा १ लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या ४ करोड १० लाख १२ हजार ८६९ पुगेको छ । रासस/ एएनआई

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमित घटे, २४ घण्टामा ५८ हजार नयाँ संक्रमित, ६५७ जनाको मृत्यु

काठमाडौं । भारतमा अहिले कोरोनाको तेस्रो लहरको गति घट्दै गएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशमा ५८ हजार ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो बिहीबारको तुलनामा १३.४ प्रतिशत कम हो । बिहीबार ६७ हजार ८४ जना र बुधबार ७१ हजार ३ सय ६५ जना नयाँ संक्रमित थपिएका […]

भारतमा कोरोना : २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै संक्रमित

२ माघ, काठमाडौं । भारतमा गत २४ घण्टामा २ लाख ७१ हजारभन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ३१४ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा २ लाख ७१ हजार २ सय २ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कूल […]