रुसको आक्रमणबाट युक्रेनका एक तिहाइ उर्जा पूर्वाधार नष्ट

रुसले युक्रेनका कयौँ उर्जा केन्द्रमा आक्रमण गर्दा बिजुली र इन्धन संकट बढ्दै गएको छ । युक्रेनी अधिकारीहरूले राजधानी कीएभमा दैनिक चार घण्टाभन्दा बढी समयसम्म विद्युत् कटौतीको चेतावनी दिएका छन् । राजधानी कीएभसहित युक्रेनका थुप्रै सहरमा इन्धन र उर्जा संकटको चेतावनी जारी भएको छ । राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले झण्डै ४० लाख जना मानिस उर्जा संकटबाट प्रभावित भएको बताउनुभएको बीबीसीले जनाएको छ । युक्रेनको ऊर्जा पूर्वाधार रुसी हवाई आक्रमणबाट ध्वस्त भइरहेको छ । पाभलो नामक पावर स्टेशनका कर्मचारीले युक्रेनमा पहिलोपटक यस्तो डरलाग्दो आक्...