काठमाण्डाै – सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते बेलुकी ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।...