काठमाडौं । प्रुडेन्सियल इन्स्योेरेन्स कम्पनीको विशेष साधारणसभा बुधवार बाराको सिमरामा सम्पन्न भएको छ । प्रुडेन्सियल इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स गाभ्ने/गाभिने (मर्जर)सम्बन्धी अन्तिम सम्झौता भई सोही बमोजिम विशेष साधारणसभा बोलाइएको बताइएको छ । मर्जमा शेयर अनुपात १:१ कायम गरिने बताइएको छ । दुवै कम्पनी गाभिएपश्चात् बन्ने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अधिकृत पूँजी ५ अर्ब रुपैयाँ र चुक्तापूँजी ३ अर्ब २ करोड रुपैयाँ हुने जानकारी दिइएको छ । मर्जरपछि शाखा सञ्जाल ८४, कर्मचारी संख्या ५१७ हुने र व्यवसाय करीब ४ अर्ब रुपैयाँको रहनेछ ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, […]
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार होटल लि हिमालय, लाजिम्पाट, काठमाडौंमा भएको उक्त साधारणसभामा सम्पूर्ण शेयरधनीलाई स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिबारे बैठकलाई जानकारी गराए । सभालाई अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनैतिक अवस्था र त्यसको […]
आइएमई जनरल इन्स्योरेन्सको २४औँ वार्षिक साधारण शुक्रबार सम्पन्न भएको छ । लैनचौर बैङ्क्वेट्समा सम्पन्न साधारण सभामा अध्यक्ष हेमराज ढकालेले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिए । ढकालले कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको बताए । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना
काठमाडौं (अस) । आइएमई जनरल इन्स्योरेन्सको २३ औं वार्षिक साधारणसभा आइतबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । साधारणसभा उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले भर्चुअल माध्यमबाट गरेका थिए ।
कार्यक्रममा अध्यक्ष ढकालले हाल कुल बीमाको पहुँच २६ प्रतिशत र समग्र बीमा क्षेत्रको कुल गार्हस्थ उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको जानकारी दिए । पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिस्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, पहुँच विस्तार आदिले बीमा व्यवसाय र नाफामा वृद्धि भएकाले पुँजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको उनले बताए ।
बीमाको नयाँ क्षेत्र पहिल्याएर नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले आगामी वर्ष थप नवीनतम सेवासहित ग्राहकमुखी योजना ल्याइने उनको भनाइ छ । कम्पनीले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र बीमा समितिबाट स्वीकृत हुनासाथ ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव पारित गर्ने निर्णय साधारणसभाबाट पारित भएको छ ।
बोनस तथा हकप्रद शेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने ढकालले जानकारी दिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले ग्राहकमैत्री योजना अगाडि सारेकाले संस्थालाई बीमा बजारमा अग्रणी कम्पनीको रूपमा स्थापित हुन सफल भएको बताए ।
कम्पनीले आव ०७५/७६ मा १ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकामा समीक्षा वर्षमा १ अर्ब ३९ करोड ९४ लाख यस्तो शुल्क आर्जन गरेको उनले जानकारी दिए ।