नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारलाई एक हजार ५०० डलरसम्म सटही सुविधा दिएको छ । राष्ट्र बैंकले दक्षिण कोरिया जाने कामदारले क्वारेन्टिन बस्नुपर्ने गरी वैदेशिक विभागको पत्रका आधारमा एक हजार ५०० डलरसम्म सटही सुविधा पाउने बताएको हो ।तर, यो सटही सुविधा विद्युतीय कार्डको माध्यमबाट उपलब्ध गराउने केन्द्रीय बैंकले निर्देशन दिएको छ । यसबाहेक, अन्य देशमा वैदेशिक रोजगारीका लागि जाने कामदारलाई भने राहदानी बापत २०० डलरभन्दा बढी सटही नदिन बैंकले निर्देशन दिएको छ ।