विवाद छिचोल्दै अघि बढेको ‘कबड्डी ४’

भारतको सिक्किम सरकारले फिल्म ‘कबड्डी ४’को प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिक्किमका बौद्ध धर्मगुरुहरुले ‘कबड्डी ४’माथि धार्मिक अपमानको आरोप लगाएपछि राज्य सरकारले परिस्थितिको आँकलन र नागरिकको संवेदना ख्याल गर्दै फिल्मको प्रदर्शनमा रोक लगाउने निर्णय गरेको मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् । सबै धर्मको सम्मान हुनुपर्छ, यो कुरामा ‘कबड्डी ४’को टिम पक्कै स्पष्ट छ […]