पुरानालाई हटाएर आफन्तलाई जागिर खुवाएपछि लुम्बिनीमा विवाद

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा विवाद उत्पन्न भएको छ । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेर आफ्ना आफन्त भर्ना गरेको र पुराना कर्मचारीलाई हटाएको भन्दै विवाद सृजना भएको हो । नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले यस्तो गरेपछि अन्य कर्मचारी आन्दोलित भएका छन् । करारका कर्मचारीहरुलाई विनाकारण निकालेको र कामै गर्न नसक्ने अदक्ष आफन्तलाई विभिन्न नियुक्ति दिएपछि नगरपालिकाका काम प्रभावित भएको उपप्रमुख कल्पना हरिजनले बताइन । नगरपालिका