जनकपुरधाम : पत्रकार महासंघ प्रदेश २ समितिले कोरोना महामारीको बेला पत्रकारहरुको सुरक्षा, राहत र संक्रमितको निःशुल्क उपचार गर्न प्रदेश सरकारसँग माग गरेको छ।बिहीबार प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै महासंघले उक्त माग राखेको हो। यस्तै, कोरोना संक्रमणबाट मृत्यु भएका रेडियो मधेश मशालाका स्टेशन म्यानेजर मनोजकुमार चौधरी र रेड टेलिभिजनका अध्यक्ष रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ।यस्तै, प्रदेश सरकारले