नेपालमा पेट्रोलियम अन्वेषणको ३९ वर्ष: १० स्थानमा सम्भाव्यता, कहाँ पुग्यो दैलेखको अनुसन्धान ?

कोरोना महामारीका कारण दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणात्मक कार्य यस वर्ष पनि प्रभावित भएको छ। दैलेखमा पेट्रोलियम पदार्थ रहेको सम्भावना देखिएपछि गत दुई वर्षदेखि शुरू गरिएको काम रोकिएको हो । अन्वेषणको काम गरिरहेको चीनको सरकारी कम्पनीका प्राविधिक सर्वेक्षकहरू गत वर्ष काम रोकेर स्वदेश फर्किएका थिए। यस वर्ष आउने भनिए पनि नेपालमा कोरोनाको महामारीका कारण आउन सकेका छैनन् । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको पेट्रोलियम अन्वेषण परियोजनाका परियोजना प्रमुख डा. सुधीर रजौरेका अनुसार गत वर्षको अक्टोबर महिनादेखि नै दैले...