कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम हुम्लामा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने क्षेत्रका बालबालिका कुपोषण हुनु …