सुर्खेत । कालिकोटको प्रमुख प्रयटकिय तथा धार्मिक स्थल बडिमालिका मन्दिर दर्शन गर्न जाने सर्दालु तथा भक्तजनहरूको बस्नका लागि बनाइएका धर्मशाला भत्किएका छन् । निर्माण समयमा उपभोक्ता समितको लापरबाहीले गर्दा निर्माण सम्पन्न गरेको ६ महिना नबित्दै धर्मशाला भत्किएका हुन् ।धर्मशाला निर्माण गर्दा प्राविधिक र निर्माण उपभोक्ता समितिको लापरबाहीले तथा टालटुल गरी बजेट निकासीको उपाए निकाल्दा धर्मशाला भत्किएको स्थानीयले बताएका छन् । पत्तागाडे स्थित ३० लाखमा बन्दै गरेको भवन बनेको तिन दिनमै भत्किएको थियो