बेलायती राजा चाल्र्स तृतीयले गरे संसदमा पहिलो सम्बोधन

बेलायती राजा चाल्र्स तृतीयले सोमबार पहिलो पटक संसदलाई सम्बोधन गरेका छन् । बेलायती महारानी एलिजाबेथ द्वितीयको गत साता निधन भएपछि बेलायती राजा चाल्र्स तृतीयलाई बेलायतको नयाँ राजाको रूपमा घोषणा गरिएको हो ।सेन्ट जेम्स प्यालेसबाट गरेको आफ्नो सम्बोधनमा उनले आफ्नी स्वर्गीय आमा महारानी एलिजाबेथ द्वितीयाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले महारानीको उत्तराधिकारीका रूपमा पाएको ‘महान विरासत, सार्वभौमिकताको कर्तव्य र भारी जिम्मेवारी’हरू आफूमा हस्तान्तरण गरिएको जानकारी सम्बोधनका क्रममा संसद