सर्वाधिक पूँजी भएको मुक्तिनाथ विकास बैंकको वित्तीय अवस्था, कोरोना कालमा पनि दोहोरो अंकमा लाभांश

काठमाडौं । सन् २००७ मा ३ जिल्लामा कार्यक्षेत्र बनाई विकास बैंकको रूपमा स्थापित भएको मुक्तिनाथ विकास बैंक सन् २०१२ मा १० जिल्लामा आफ्नो कार्यक्षेत्र विस्तार गरेको थियो भने सन् २०१५ मा यो विकास बैंकले आफूलाई राष्ट्रिय स्तरको विकास बैंकमा स्थापित गर्न सफल भयो ।  कम्पनीको छ सदस्यीय सञ्चालक समितिमा भरतराज ढकाल अध्यक्ष छन् । अध्यक्ष ढकालसँग बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी विसं २०६३ देखि २०७५ सम्म मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । त्यस्तै सञ्चालकहरूमा गजेन्द्रमान श्रेष्ठ, रविन्द्रमान श्रेष्ठ, शालिग्राम मिश्र, निर्मला कुमारी केसी कार्की र श्यामसुन्दर शर्मा छन् । शर्मा कम्पनीका स्वतन्त्र सञ्चालक हुन् ।  कम्पनीकोे आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक प्रतिवेदनअनुसार यस कम्पनीमा सबैभन्दा बढी तुलसीराम ढकालको १३ लाख १० हजार ५७९ कित्ता अर्थात् कुल शेयर संख्याको २ दशमलव ३२ प्रतिशत शेयर रहेको छ । त्यस्तै दोस्रोमा कृष्णमान श्रेष्ठको १२ लाख ५ हजार १६७ कित्ता शेयर रहेको छ । कम्पनीमा शून्य दशमलव ५ प्रतिशतभन्दा बढी हिस्सा २६ जना शेयरधनीको रहेको छ । यस कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल छन् । पोखरेलसँग यस क्षेत्रमा ३० वर्षभन्दा बढीको कार्यानुभव छ । उनी यसअघि (नबिल बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड) मा उच्च नेतृत्वमा रहेर काम गरेका थिए ।  कम्पनीले पाँच अर्थिक वर्षमा शेयरधनीलाई कुल ८५ दशमलव ९५ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त बोनस शेयर सूचीकृत भइसकेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ४२ करोड पुगेको छ । कम्पनीले विगत ५ वर्षमा औसतमा १७ दशमलव १९ प्रतिशत लाभांश वितरण गरेको छ ।  चालू आवको दोस्रो त्रैमास अर्थात् पुस मसान्तसम्म कम्पनीले रू. ६२ करोड ६२ लाखभन्दा बढी नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा कम्पनीको नाफा ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म रू. ६० करोड २४ लाख नाफा कमाएको थियो ।  गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत र सञ्चालन नाफा ३ दशमलव ९६ प्रतिशत वृद्धि भएको छ । त्यस्तै सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड ३ लाखभन्दा बढी रहेको छ ।  त्यस्तै चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. २ अर्ब १८ करोड एवं रिटेन्ड अर्निङमा रू. ६ करोड ३ लाख सञ्चित गरेको छ । सो अवधिसम्म रू. १ खर्ब ९ अर्ब निक्षेप संकलन गरेको कम्पनीले रू. ९२ अर्ब १९ करोड कर्जा लगानी गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ५१, तरलता अनुपात २२ दशमलव ५४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ९६ रहेको छ ।  कम्पनीको वार्षिक प्रतिवेदनअनुसार कम्पनीको निक्षेप संकलन खर्बभन्दा बढी पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले रू. १ खर्ब ४ अर्ब निक्षेप संकलन गर्न सफल भएको छ भने रू. ८६ अर्ब ८१ करोड कर्जा लगानी गरेको छ । कम्पनीले विगतका कोरोना महामारी र लकडाउनका बीच पनि शेयरधनीलाई दोहोरो अंकमा लाभांश वितरण गरेको छ । चार वर्षको नाफाको ट्रेण्ड हेर्दा कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा रू. ८५ करोड ६१ लाख नाफा कमाएकोमा  गत आर्थिक वर्ष २०७८/७९ सम्म आइपुग्दा रू. १ अर्ब ३४ करोड नाफा आर्जन गर्न सफल भएको छ ।

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।...

मुक्तिनाथ विकास बैंक चौथो पटक पुरस्कृत

मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७८/०७९ का लागि ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ।

मुक्तिनाथ विकास बैंक पुरस्कृत

मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ […]

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र गुरु ट्राभल्सबीच व्यवसायिक सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुक्तिनाथ विकास बैंक, प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलको उपस्थितिमा बैंकका तर्फबाट संस्थाका सह नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरूङ तथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले सो समझदारीपत्रमा हस्ताक्षर गरेका […]

मुक्तिनाथ विकास बैंक ‘सर्टिफिकेट अफ मेरिट’बाट सम्मानित

मुक्तिनाथ विकास बैंक वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस २०२१ अन्तर्गत वित्तीय सेवातर्फ ‘सर्टिफिकेट अफ...

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक सम्मानित भएको छ । काठमाडौंमा सम्पन्न दक्षिण एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सको वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डस् २०२१  अन्तर्गत बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको हो । दक्षिण एसियन देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई उक्त कार्यका लागि गठन गरिएको सोही संस्थाको समितिले मूल्याङ्कनको आधारमा बैंकलाई छनोट गरेको हो। उक्त प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्ल

मुक्तिनाथ विकास बैंक तत्काल हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशालास्थित मुक्तिनाथ विकास बैंक तत्काल हटाउन निर्देशन दिएको छ। स्टोरका लागि स्वीकृति लिएको अन्डरग्राउन्डमा बैंकको शाखा राखेकाले तत्काल हटाउन निर्देशन दिएको काठमाडौ महानगरपालिकाले जनाएको छ।सोमबारदेखि अवैध संरचना हटाउने अभियान सुरु गरेको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले नयाँ बानेश्वरस्थित शङ्खमूल बर्गर हाउस र अल्फा हाउसको अण्डरग्राउन्ड तत्काल खाली गर्न निर्देशन दिएका थिए।त्यससँगै गौशाला स्थित मुक्तिनाथ विकास बैंक रहेको भवन समेत

मुक्तिनाथ विकास बैंक र दराजबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना भिसा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन दराजसँग सम्झौता गरेको हो । सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भिसा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । […]

मुक्तिनाथ विकास बैंक १६औं वर्षमा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड १६ औं वर्षमा प्रवेश गरेको छ । वार्षिक उत्सवको अवसरमा बैंकले विभिन्न कार्यक्रमको आयोजना पनि गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष भरतराज ढकालले भर्चुअल माध्यमबाट एकैसाथ ३२ वटा शाखाको उद्घाटन गरेका छन् । बैंकले प्रदेश १ मा ४ वटा, प्रदेश २ मा ३ वटा , बागमती प्रदेशमा १३ […]

मुक्तिनाथ विकास बैंक र महेन्द्रनारायण निधि अस्पतालबीच सम्झौता

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई छुट उपलब्ध गराउन महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सम्झौता गरेको छ ।  सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल...