झापामा कोरोना संक्रमणको दर ३२ प्रतिशत भन्दा माथि

झापा – झापामा कोरोना भाइरसको संक्रमणको दर ३२ प्रतिशत भन्दा बढि पाइएको छ। गएकाे साउन १४ गते संक्रमणको दर ४१.८ प्रतिशत रहेको थियो। सोमबार साउन १८ गते झापाका १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। पीसीआर र एन्टिजेन गरि ५ सय ४८ जनाको परीक्षण गर्दा १८८ जनामा संक्रमण पुष्टि भएको हो। सोमबारको संक्रमणदर ३४.३ प्रतिशत […]

सम्बन्धित सामग्री

लुम्बिनीमा कोरोना संक्रमण दर ६० प्रतिशत

१० माघ, बुटवल। लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर करिब ६० प्रतिशत पुगेको छ । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सयजनाको परीक्षण गर्दा करीब ६० जनामा संक्रमण पुष्टि हुने गरेको छ । ‘अहिले प्रदेशमा परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको छ ’स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा. विकाश देवकोटाले भने–‘पुस […]

औषधि प्रतिरोधी क्षयरोगको ४० प्रतिशत बिरामीमा कोरोना संक्रमण देखियो

नेपालमा क्षयरोगका बिरामीमध्ये औषधि प्रतिरोधी क्षयरोगका ४० प्रतिशत बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। यस्तै औषधि सेन्सेटिभ क्षयरोगका १२ प्रतिशत बिरामीमा कोरोना संक्रमण भेटिएको छ।

नेपालमा कोरोना संक्रमण पुरुषमा धेरै

काठमाडौं। नेपालमा कोरोना संक्रमण हुनेमा महिलाभन्दा धेरै पुरुष रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा पुष्टि भएका कोरोना संक्रमणमध्ये ६०.५७ प्रतिशत (३९५४१३) पुरुष रहेका छन्। त्यस्तै, कूल संक्रमितमध्ये ३९.४३ प्रतिशत (२५७४४६) महिला रहेका छन् । हालसम्म नेपालमा ६ लाख ९५ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोना संक्रमण निको हुने दर ९७.११ प्रतिशत

एजेन्सी। भारतमा कोरोना संक्रमण निको हुने दर बढेको छ। हाल भारतमा संक्रमण निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा भारतमा ३९हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो। गत जुन २९देखि ४० हजार भन्दा कम व्यक्तिमा संक्रमण भएको पाइएको छ। हाल यहाँ कुल संक्रमितको संख्या तीनकरोड पाँचलाख ८५हजार २२९जना पुगेको छ।

नेपालमा ४० प्रतिशत क्षयरोगीमा कोरोना संक्रमण

काठमाडौं, असार २० । नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामीमा कोरोना संक्रमण देखिएको एक अध्ययनले देखाएको छ । क्षयरोग केन्द्रले गरेको अध्ययनले देशभर ४० प्रतिशत क्षयरोगीमा संक्रमण देखिएको हो । छातिरोग विशेषज्ञ डा. नविन प्रसाद शाहले क्षयरोग देखिएका व्यक्तिमा संक्रमण देखिए छिटै निमोनियाको समस्या देखिने हुदा समयमा नै सजगता अपनाउन आग्रह गर्नुभएको छ । क्षयरोग र […]

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

नेपालमा बिस्तारै घट्दैछ कोरोना संक्रमण दर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो दुई साताको तथ्यांकअनुसार कोरोना संक्रमण दर घट्दै गएको छ। जेठ २२ गते झण्डै ३० प्रतिशत रहेकोमा जेठ २८ गते घटेर झण्डै २५ प्रतिशतमा झरेको छ। जेठ २९ गते २३ प्रतिशत रहेकोमा असार ४ गते २१ प्रतिशतमा झरेको छ।पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम अझै कायम नै रहेको बताइएको छ।

बागमती प्रदेशमा कोरोना संक्रमण निको हुनेको दर ८२ प्रतिशत

मकवानपुर । बागमती प्रदेशमा हालसम्म कोरोना संक्रमणको दर १६ दशमलव ११ प्रतिशत रहेको छ भने निको हुनेको दर ८२ दशमलव ०७ प्रतिशत रहको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाका कुल १७ लाख ९४ हजार ९ सय १६ जनाको पिसिआर विधिबाट कोरोना संक्रमण परिक्षण गर्दा २ लाख ८९ हजार २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।संक्रमण पुष्टि भएका कुल संक्रमित मध्ये २ लाख ३७ हजार ३ सय ९५ जना अर्थात् (८२.०७) प्रतिशत निको भइसकेको मन्त्रालयले जनाएको छ । त्यस्तै बागमती प्रदेशमा कोरोना सं

काठमाडौं उत्यकाका ४५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक अध्ययनका अनुसार मंसिरको पहिलो दुई सातासम्ममा काठमाडौं उपत्यकाका ४५ दशमलब ३ प्रतिशत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भइसकेको पाइएको हो।