नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ६ जना उम्मेदवार छानेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार बसेको बैठकले ६ जनाको नाममा सहमति जुटाएको एक नेताले जानकारी दिए ।
कांग्रेसले प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पन्त १४ औं महाधिवेशनमा सहमहामन्त्री पदमा पराजित भएकी थिइन् ।
मिश्र सुदूरपश्चिम प्रद...