अस्ट्रेलियाले चीनको बेल्ट यान्ड रोड इनिसिएटिभबाट झिक्यो हात, रिसायो ड्रागन

अस्ट्रेलियाले चीनसँग बेल्ट यान्ड रोड इनिसिएटिभ अन्तर्गतका दुईवटा सम्झौतालाई रद्द गरेको छ ।  बुधवार अस्ट्रेलियाकी परराष्ट्रमन्त्री मेराइस पेनले चीनसँगका चार सम्झौता रद्द गर्ने घोषणा गरिन् । तर त्यसमा बीआरआईका दुई सम्झौताको विशेष चर्चा छ ।  यी दुई सम्झौता अस्ट्रेलियाको संघीय सरकारले नभई भिक्टोरिया राज्यले सन् २०१८ र २०१९ मा गरेका थिए ।  कुनै पनि प्रान्त वा विश्वविद्यालयले गरेको निर्णयलाई रद्द गर्न सक्ने भिटो पावर अस्ट्रेलियाको संघीय सरकारले डिसेम्बरमा पाएको थियो ।    परराष्ट्रनीतिका कारण सम्झौता र...