बजारमा तरलताको अभाव चरम हुन थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चालु पुँजी कर्जामा कडाइ गर्ने भएको छ । चालु पुँजी कर्जा धेरै गएर आयातमा वृद्धि भई शोधनान्तरमा दबाब परेपछि नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गनिर्देशन २०७८ जारी गर्ने लागेको छ । राष्ट्र बैंकले चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाहरुसँग सुझाव माग गरेको छ । मार्गदर्शनमा चालु पुँजी कर्जाको सीमा निर्धारण तथा अनुगमन कार्यले बैंक तथा वित्तीय संस्थाहरूको चाल