काठमाडौं, २५ असोज । आज दिउँसो सत्तागठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा शीर्ष नेताहरुबीच छलफल हुने जनाइएको छ । बैठकमा आगामी मंसिरमा हुने निर्वाचनका लागि गठबन्धनकै विभिन्न दलबाट बागी उम्मेदवारी दर्ता भएको विषय र जसपाले गठबन्धन छाडेकोले सो विषयमा छलफल गरिने स्रोतले जनाएको छ ।