अमेरिकी संसदमा आक्रमण, एक जनाको मृत्यु

 अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एक महिलाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा ती महिलाको छातिमा गोली लागेको र केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।  फक्स न्यूजका अनुसार, ती महिलाको मृत्यु भएको प्रहरीले पुष्टि समेत गरिसकेको छ ।  ती महिलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको झण्डा बोकिरहेकी हुन्छिन्  । त्यतिनै बेला उनको छातिमा गोली लाग्छ र उनी तल खस्छिन् ।  अमेरिकी समयअनुसार ३ बजे उनलाई क्यापिटल बिल्डिङबाट निकालिएको थियो ।  बुधवार अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्...