काठमाडौं : मनाङ प्रदेश सभा (ख)बाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफूले मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन्। नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङेले पार्टी कार्यालयबाट पत्रकार सम्मेलन गर्दै पत्रकार सम्मेलनमार्फत आफूलाई मुख्यमन्त्री दिएर पनि काम नभएको बताएका हुन्। ‘मन्त्री ठूलो कुरा होइन। मलाई ठूलो मन्त्री अफर गरेको थियो। तर, मैले युवा तथा खेलकुद मन्त्रालय रोजेँ। म मुख्यमन्त्रीमा दाबी गरेर काठमाडौं आएको होइन। मुख्यमन्त्री दिए पनि मलाई काम छैन। त्यसका ला