सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख अग्निप्रसाद सापकोटाले आइतवार कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।  संघीय संसद्को अधिवेशन जारी रहेको भए पनि प्रतिपक्षी नेकपा (एमाले)को लगातार अवरोधका कारण नियमित कार्यसूचीमा अगाडि बढ्न नसकिरहेको बेला सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतवार बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । संघीय संसद्को बैठक आइतवार १ बजेका लागि बोलाइएको छ । बैठकको सम्भावित का...