महालेखा र निजामतीका ‘डन’ कर्मचारीको काज फिर्ताका लागि पत्राचार

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरण तथा अन्तर्गतका कार्यालयहरूमा जवर्जस्ती खटाइएका लेखा र निजामतीका ‘डन’ कर्मचारीहरूको काज फिर्ता गर्न पत्राचार भएको छ । प्राधिकरणलाई आवश्यक पर्ने कर्मचारीहरू उपलब्ध रहेकोले महालेखा नियन्त्रक कार्यालयका लेखा र बिसौँ वर्षदेखि काजमा रहेका शहरी विकासका कर्मचारीलाई फिर्ता गर्न प्राधिकरणले शहरी विकास मन्त्रालयलाई पत्र पठाएको हो । प्राधिकरणले विगत २१ वर्षदेखि […]

सम्बन्धित सामग्री

‘दलले कर कट्टी गरेनन्’

महालेखा परीक्षकको कार्यालयका विज्ञ टोलीले १० दिनमै राजनीतिक दलहरूको आयव्ययको लेखा परीक्षणको जाँचबुझ गरी फर्केको छ । सो टोलीले साउन २१ गतेदेखि राजनीतिक दलको आर्थिक वर्ष २०७९/८० को आयव्ययको लेखा परीक्षणको जाँचबुझ सुरु गरेको थियो । आयोगका प्रवक्ता रघुराम विष्टले महालेखा परीक्षकको कार्यालयको टोलीले आइतबार प्रमुख निर्वाचन आयुक्तलाई भेटेर कार्यसम्पन्न भएको जानकारी गराएको बताउनुभयो । प्रवक्ता विष्टले भन्नुभयो, “आयोगले अब महालेखा परीक्षकको टोलीले जनाएको कैफियत कार्यान्वयन गर्न वा सुधार गर्नुपर्ने सुझाव भए सम्बन्धित दललाई पत्राचार गर्ने छ ।”