काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिको जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताएकी छिन्। अपांगता भएका व्यक्तिको ३१औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै भण्डारीले शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्था रहेको भन्दै अपांगता भएका व्यक्तिको पहिचान गरी राज्यले प्रदान गर्ने सुविधा र अवसरमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्ने बताएकी छिन्।शुभकामना सन्देशमा अपांगता भएका व्यक्ति, यस क्षेत