राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सत्तारुढ गठबन्धनका युवा संगठनले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार पाँचदलीय गठबन्धनका युवा संगठनहरुले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपतिको कदम विरुद्ध ज्ञापनपत्र बुझाएका हुन् ।देशैभरका ७७ जिल्ला प्रशासन कार्यलय मार्फत आ–आफ्नो अनुकुलतामा राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाएको योङ कम्युनिस्ट लिग (वाइसिएल) का केन्द्रीय अध्यक्ष सुवोध शेर्पालीले बताए ।‘राष्ट्रपति ज्यूले देशको सरोकार राख्ने नाग