यो सिजनदेखि आईपीएलको नियम परिवर्तन

आईपीएलको १५ औँ सिजन मार्च २६ बाट सुरु हुँदैछ । यसअघि बीसीसीआईले प्रतियोगिताका केही नियम परिवर्तन गरेको छ । यो परिवर्तनमा टोलीको प्लेइङ इलेभेनदेखि डीआरएससँग सम्बन्धित नियमहरू समावेश छन् । क्रिकबजको रिपोर्टका अनुसार यदि कुनै टोलीमा कोरोनासँग सम्बन्धित केसहरू बाहिर आए भने त्यसको प्लेइङ इलेभेन परिवर्तन गर्न सकिनेछ।यदि टोलीले प्लेइङ इलेभेन तयार गर्न सकेन भने त्यो खेल पछि सारिनेछ। यदि पछि पनि खेल हुन सकेन भने मुद्दा प्राविधिक समितिमा जानेछ ।बीसीसीआई अधिकारीले भने – कोरोनाका कारण कुनै टोलीले १२ ख