उच्च शिक्षालाई ज्ञान, शीप, प्रविधि र अनुसन्धानमा आधारित बनाइने

पोखरा । गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, शीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले उक्त जानकारी दिएका हुन् । दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा जोड दिँदै उच्च शिक्षालाई ज्ञान, शीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउन आवश्यक व्यवस्था गरिने उनले बताए । गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण गरी क्रमशः अध्ययन अध्यापन शुरुआत गर्न पहल गरिने मन्त्र गुरुङले बताए । प्रदेशको विभिन्न जातीय, धार्मिक, सामाजिक, भाषिक तथा साँस्कृतिक विविधतालाई संरक्षण एवम् संवद्र्धन गर्दै प्रदेशभित्रका संग्रहालय, धार्मिक तथा पुराताŒिवक महŒवका संरचनाको विकास, विस्तार र संरक्षण गरिने उनको भनाइ छ ।      भाषा, साहित्य, कला र संस्कृतिलाई संरक्षण र विकास गर्न गठित प्रज्ञा प्रतिष्ठानलाई प्रभावकारी रूपमा अगाडि बढाइने बजेटको सिद्धान्त र प्राथमिकतमा उल्लेख छ । खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइने उल्लेख गर्दै मन्त्री गुरुङले अन्तरराष्ट्रिय स्तरका आवश्यक पूर्वाधार निर्माणमा जोड दिइने बताए । युवाको शीप र नेतृत्व क्षमता प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न उनीहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याउने प्रदेश सरकारले बताएको छ । खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिलाई प्रभावकारी रूपमा सञ्चालन गरिने मन्त्री गुरुङले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

डिजिटल अर्थतन्त्रको मेरुदण्ड डेटा सेन्टर र क्लाउड सेवा

नेपालमा सूचना प्रविधि उद्योगका सरोकारवालाहरूलाई प्रमाणमा आधारित र अन्तर्राष्ट्रिय उत्तम अभ्यासअनुरूप नीति, कानुन तथा नियमन संयन्त्र तयार गर्न र उद्योगहरूलाई समयानुकूल बिजिनेस मोडेल अवलम्बन गर्न प्रेरित गर्नुपर्ने आवश्यकता छ । यसैक्रममा...

११ औं जनगणनामा नयाँ प्रविधि

केन्द्रीय तथ्यांक विभागले ११औं जनगणना २०६८ मा नयाँ प्रविधि प्रयोग गर्ने भएको छ । ११औं जनगणनाको ‘कोही नछुटून् कोही नदोहोरिऊन्’ भन्ने नारा साकार पार्न आधुनिक डिजिटल प्रविधिमा आधारित पूर्वगणना कार्यक्रम शुरू गरेको जानकारी विभागले दिएको छ । जनगणना कार्यलाई सरल र प्रभावकारी बनाउन भौगोलिक क्षेत्रलाई निश्चित घरधुरी भएका विभिन्न समूहमा विभाजन गर्ने कार्य शुरू भइसकेको विभागले बताएको छ । ‘भौगोलिक अवस्था र जनघनत्वका आधारमा ७० देखि १ सय ५० घरधुरी भएका छुट्टाछुट्टै समूह बनाउँदै छांै,’ विभागका कम्प्युटर अधिकृत पुष्पराज पौडेलले बताए, ‘समूह विभाजन कार्य सकिएपछि आवश्यक गणकहरू खटाइनेछ ।’ भूगोल र जनसंख्याका आधारमा जनगणना क्षेत्रको पहिचान र व्यवस्थापन गर्न डिजिटल प्रविधिमा आाधारित भौगोलिक नक्सांकन कार्य शुरू गरिसकेको विभागले बताएको छ । यस्तो नक्सांकन स्याटलाइटबाट खिचिएका तस्वीरमा आधारित छ । जनगणना क्षेत्रको पहिचान र व्यवस्थापन गर्न डिजिटल प्रविधिमा आधारित भौगोलिक नक्सांकन कार्य शुरू गरिसकेको विभागले बताएको छ । पौडेलले भने, ‘संकलित सूचनालाई जीपीएस र जीआईएसजस्ता आधुनिक सफ्टवेयरको सहायताले प्रशोधन गरिनेछ ।’  वर्ष ६, अंक ७८, बुधवार, २२ मङ्सिर, २०६७

भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने अल्फबेटका सिईओ पिचाइको दाबी

काठमाडौँ– अमेरिकी प्रविधि कम्पनी अल्फबेटका प्रमुख कार्यकारी अधिकारी सिईओ सुन्दर पिचाइले भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने दाबी गरेका छन् । खुला एवम् विस्तृत इन्टरनेटको वातावरण रहेका कारण भारत निर्यातमा आधारित अर्थतन्त्र बन्ने पिचाइको दाबी छ । उनले भारतीय ‘स्टार्टअप’ मा अल्फबेट र अल्फबेटको सहायक कम्पनी गुगलले आफ्नो ध्यान केन्द्रित गरिरहेको बताउँदै यस्ता भारतीय स्टार्टअपमा ३० […]

अमेरिकी प्रविधि कम्पनीमा जातमा आधारित विभेद

विभेद निमिट्यान्न गर्न नीति बनाएको एप्पलले विभेद सचेतना सम्बन्धमा आफ्ना कर्मचारीलाई दिइने तालिममा स्पष्टसँग जात शब्दको प्रयोग गर्ने गरेको छ मेरिकाको संविधानले विभेदका आधारमा जातलाई चिन्दैन, तर ठूला कम्पनी विशेषगरी प्रविधि...

डिशहोमले ल्यायो नयाँ प्रविधि क्याम्पस वाईफाई सोलुसन्स

डिशहोम फाइबरनेटले धेरै जना मानिसहरु भएको क्षेत्रका लागि उपयोगी हुने इन्टरनेट प्रविधि क्याम्पस वाईफाई सोलुसन बजारमा ल्याएको छ । भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेला क्यान इन्फोटेकमा यो प्रविधिको कम्पनीले लन्च गरेको हो ।कम्पनीका प्रवन्ध निर्देशक सुदीप आचार्यले डिशहोम फाइबलनेटको स्टलमा आयोजित कार्यक्रममा सिक्सजी प्रविधिमा आधारित ह्वावे प्रविधिको राउटर लन्च गरेका हुन् ।उनले यस किसिमको प्रविधि […]

नेपाली महिलाले बनाए कृषि समस्या समाधान गर्न एआईमा आधारित सफ्टवेयर

१४ चैत, काठमाडौं ।  नेपाली महिलाहरुको एक समूहले कृषि समस्या समाधानका लागि नेपालमै पहिलो पटक एआईमा आधारित सफ्टवेयर बनाएका छन् । सूचना प्रविधिमार्फत् कृषि व्यवसायलाई सहज बनाउने उद्देश्यसहित महिला विकास समितिअन्तर्गतको सक्रिय महिला प्राविधिकहरुको समूह ‘इम्प्याक्टर्स’ले एआईमा आधारित सफ्टवेयर तयार पारेका हुन् । उक्त समूहको नेतृत्व सूचना प्रविधि विज्ञ लचना हाडाले गरेकी छिन् भने उनलाई […]

काठमाडौं मेडिकल कलेजमा न्यूरो सर्जरीका लागि नयाँ प्रविधि जडान

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडले न्यूरो सर्जरीको उपचारका लागि नेपालमा नै पहिलो पटक अत्याधुनिक उपकरणसहितको प्रविधि जडान गरेको छ ।काठमाडौं मेडिकल कलेजले नेपाल मै पहिलो पटक कार्नियर रोबर्ट न्यूरो सर्जरीमा एस ८ स्थिल्थ सिस्टम विथ अटो गाईड अर्थात् रोबर्टसहितको नेभिगेसन प्रणालीसहितको नयाँ प्रविधिमा आधारित उपचार सुरु गरेको हो । यसका साथै निम्स इक्लिप्स र नेभिगेटेड […]

इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन

वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए । एक वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा रु ६० लाखको लगानीमा दुई वटा भकारीमा माछापालन शुरु गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर रु एक लाख बचत भएको छ ।हाल १६ कठ्ठा क्षेत्रफल