डुंगा ठोक्किएर ८६० मिटर लामो पुल भत्किँदा ब्राजिलको परा राज्यमा संकटकाल :: Pahilopost.com

परा: फेरीडुंगा ठोक्किएपछि ब्राजिलको मोजु नदी माथि बनेको पुल भत्किएको छ। ब्राजिलको परा राज्यमा पर्ने उक्त नदीमाथि बनेको ८६० मिटर लामो पुलको एक पिल्लरमा डुंगा ठोक्किएपछि बीचको खण्ड भत्किएको हो। पुलको २०० मिटर खण्ड भत्किँदा ब्राजिलकै व्यस्त बेलेङ बन्दरगाह जान प्रयोग हुने बाटो ठप्प भएको छ। पुल भत्किएपछि हाललाई नदी