काठमाडाैं । नेकपा (एमाले) का सांसद भैरवसुन्दर श्रेष्ठले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सरकारलाई राम्ररी काम गर्न नदिने मनशाय राखेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले काँग्रेसले वर्तमान सरकारलाई दिएको समर्थनप्रति आशंका व्यक्त गर्नुभएको हो । उहाँले सत्तारुढ गठबन्धनको पर्याप्त बहुमत हुँदाहुँदै काँग्रेसले सरकारलाई मत दिएर लोकतन्त्रको उपहास गरेको बताउनु भयो […]