विराटनगरमा चुनावी सरगर्मीः घरदैलोमा भोट माग्दै डुबान समस्या हल गर्ने वाचा

मोरङ – स्थानीय तहको निर्वाचनमा होमिएको विराटनगरमा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला मतदाता भेटघाटमा व्यस्त भएकी छन्। विराटनगर–१२ को घरदैलो अभियानका क्रममा डा. संग्रौलाले वडाध्यक्षदेखि महानगरको शीर्षतहसम्मका उम्मेदवारलाई जिताउन सर्वसाधारणलाई अनुरोध गरेकी थिइन्। औद्योगिक नगरीलाई सुदृढ बनाउन र समृद्ध विराटनगरलाई पूर्णता दिन गठबन्धनको जित आवश्यक भएको बताइन्। यसअघिको निर्वाचनमा महानगरमा मेयर उपमेयरमा कांग्रेसले जित […]