गण्डकी प्रदेशमा थप ११८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९३१ जनाको नमुना परीक्षण गरिएकामा ११८ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ६१ महिला र ५७ जना पुरुष रहेका छन् ।प्रदेशका ३ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै सङ्क्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ६४,बागलुङ १, स्याङ्जा ७,पर्वत १, गोरखा १२, लमजुङ २, तनहुँ १६ र नवलपरासी पूर्वमा ४ जनामा सङ्क्रमण देखिएको हो । य