सुर्खेत : कर्णालीमा सत्ता गठबन्धनको बैठकले ८ वटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागबण्डा टुङ्गो लागेको छ। गठबन्धनको गत बिहीबारदेखि जारी बैठकले आइतबार ८ जिल्लाका पालिका बाँडफाँटको टुङ्गो लगाएको हो।दुई जिल्ला सुर्खेत र रुकुमपश्चिमको भागबण्डाको टुङ्गो लगाउन भने अझै बाँकी छ। त्यसका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने शीर्ष नेता नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ बीच छलफल जारी छ।सत्ता गठबन्धनले टुङ्गो लगाएको ८ जिल्लाको विवर