मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामै बिजुली उत्पादन
हिँउदमा पनि पानी परेपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल घट्ने समय भए पनि पानी प्रशस्त परेपछि उत्पादनमा असर नपरेको केन्द्रले जनाएको छ ।
तनहुँ । आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ । हाल उत्पादन घट्ने समय भए पनि पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो । तीन वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत उत्पादन भइरहेको केन्द्र प्रमुख इन्जिनियर पशुपति गौतमले बताए । ‘असोजमा अविरल भारी वर्षा […]