त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क बस सेवा

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक निस्शुल्क बस सेवा शुभारम्भ कार्यक्रममा उनले अरु यात्रुसँगै यात्रा गरेका हुन्। रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री आलेले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन्। विमानस्थलको आन्तरिक हवाई सेवाका […]