काठमाडौं । मतदान केन्द्रदेखि मतगणनास्थल निर्धारणमा समेत गठबन्धनसँग साँठगाँठ गरेको आरोप लगाउँदै रौतहट एमालेले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई निलम्बन गर्न सरकारसँग माग गरेको छ । एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहले एक विज्ञप्ति जारी गर्दै सिडिओ निलम्बनको माग गरेका हुन् । गठबन्धनका उम्मेदवारसँग मिलेर चुनावी वातावरण भयवीत बनाएको आरोप लगाउँदै विज्ञप्तिमार्फत अध्यक्ष साहले ‘सिडिओ […]