म्याग्दी : गाउँको सिरानमा जंगल। जंगलको नजिकै छ एउटा सुन्दर (पोखरी) ताल। प्राकृतिक रुपमा बनेको यो तालको भू-वनोट नै अचम्मको छ। जहाँ बाट क्षितिज (आकाश र धर्ती जोडिएजस्तो देखिने ठाउँ) मा देखिन्छ हिमाल। गाउँको सिरानमा र जंगलको पुछारमा रहेको यो ताल कहिल्यै पनि फोहोर हुँदैन। यहाँ जंगलका पात पतिङ्गर परिहाले भने पनि पंक्षी –चरा) हरूले चुच्चोले टिपेर बाहिर फ्याक्ने गर्दछन्।यो तालको नाम बराह ताल हो। पश्चिम म्याग्दीको मालिका गाउँपालिका-१ मा पर्ने सुन्दर निस्कोट गाउँमा पुग्ने जो