विकासमा दलहरु नै अबरोध रहेको पूर्वमन्त्री झाँक्रीको खुलासा

पूर्व शहरी विकास मन्त्री रामकुमार झाँक्रीले आफूले शहरी विकासका लागि अघि बढ्न खोज्दा दलीय दवावले रोकिनुपरेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई अघि बढ्न सुझाव दिनुभएको छ । काठमाडौंमा अनधिकृत रुपमा बनाइएका भौतिक संरचना हटाउन दिएको ३५ दिने सूचना अटेर गरेपछि केही दिनयता मेयर बालेन डोजर लिएर आफैं त्यस्ता संरचना भत्काउन अघि सरेका छन् । …