मुलुकको सर्वाङ्गीण विकास पारस्परिक सम्मान र सहअस्तित्वबाट मात्रै सम्भव छ : प्रचण्ड

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको सर्वाङ्गीण विकास पारस्परिक सम्मान र सहअस्तित्वबाट मात्रै सम्भव रहेको बताएका छन् । उनले गणतन्त्र दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै पारस्परिक सम्मान, सहअस्तित्व र सहभागितामूलक राजनीतिले नै मुलुकको सर्वाङ्गीण विकास सम्भव हुने बताए । ‘अहिले गणतन्त्रका विरोधीहरूबाट यसका मूल्य–मान्यतामाथि निरन्तर प्रहार भइरहेको छ । प्रतिशोधी भावना, अहङ्कारी […]