एजेन्सी । उत्तरी गाजाको बेइट लाहिया शहरमा इजरायली हवाई हमलामा कम्तीमा ९३ जना मारिएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको यो हालसम्मकै सबैभन्दा घातक आक्रमण हो । हवाई आक्रमणले उक्त क्षेत्रको पाँच तले आवासीय भवन ध्वस्त भएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले गत दुई हप्तादेखि उत्तरी गाजामा विशेष गरी जबलिया, बेइट […]
चिकित्सा स्रोत र सेनाका अनुसार इजरायली सेनाले बुधबार गाजामा थप घातक आक्रमण गरेको छ । ‘आक्रमण संयुक्त राष्ट्रसङ्घीय निकाय भवन भित्र सञ्चालनमा रहेको हमास लडाकुहरूको केन्द्रलाई लक्षित गरी’ भएको इजरायली सेनाले जानकारी गराएको छ ।
हमासले कैदी रिहाइको माग पूरा नगरेसम्म कुनै पनि इजरायली बन्धकले उक्त क्षेत्र नछोड्ने चेतावनी दिएपछि इजरायलले सोमबार दक्षिणी गाजाको मुख्य शहरमा बमबारी गरेको छ । हमासले गत अक्टोबर ७ मा इजरायलमाथि घातक आक्रमण गरी एक हजार २०० जनाको ज्यान लिएको र करिब २४० जनालाई गाजामा बन्धक बनाएको इजरायली तथ्याङ्कले देखाएको छ । बदलामा इजरायलले हमासबिरूद्ध […]
आज आश्विन २८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर १५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । हमाससँग १२६ जना बन्धक रहेको इजरायलको दाबी प्यालेस्टाइनी लडाकु समूह हमासले ८ दिनअघि घातक आक्रमण गरेयता १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले […]
जेरुसलेम- प्यालेस्टाइनी लडाकु समूह हमासले ८ दिनअघि घातक आक्रमण गरेयता १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा कम्तीमा एक हजार ३०० जनाको मृत्यु भएको र करिब १५० इजरायली र विदेशी बन्धक बनाएको हुनसक्ने अनुमान इजरायली अधिकारीहरूले गरेका थिए । त्यसयता इजरायली बमबारीमा प्यालेस्टाइनी इलाकामा […]
प्यालेस्टाइनको चरमपन्थी हमासले शनिबार गरेको आश्चर्यजनक तथा घातक आक्रमण पश्चात् जवाफमा इजरायलले युद्धको घोषणा गरेको छ र इजरायली सेना गाँजापट्टीमा पूर्णस्तरको हमलातर्फ अघि बढ्ने देखिएको छ। शनिबार प्यालेस्टाइनी विद्रोही संगठन हमासले ९०० भन्दा धेरैको मृत्यु, सयौं घाइते तथा एक सयभन्दा धेरै इजरायलीलाई अपहरण गर्ने गरी गरेको आक्रमण इजरायलको इतिहासमै घातक मध्येको आक्रमण हो । विश्लेषक […]
इजरायलका रक्षामन्त्री बेन्नी गान्जले आफ्नो देश इरानमाथि आक्रमणका लागि तयार रहेको बिहीवार चेतावनी दिएका छन् ।
समुद्रमा एक इजरायली तेल ट्यांकरमाथि घातक ड्रोन आक्रमण भएपछि इजरायलले त्यसको दोष इरानमाथि लगाएको छ । मर्सर स्ट्रीट नामक उक्त ट्यांकरमा भएको आक्रमणमा दुईजनाको मृत्यु भएपछि अमेरिका र बेलायतले पनि इरानमाथि कारवाहीको माग गरेका छन् ।
इरानले सबै आरोपको खण्डन गरेको छ ।
इरानविरुद्ध कारवाही अहिलेको आवश्यकता भएको गान्जले बताए । त्यसको जवाफमा इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता सईद खतीबजादेहले यस्तो धम्की अन्...