धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । चिया तयार नपार्ने घर सायदै हुन्छ ।
कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया पिउनाले त शरीरमा गम्भीर असरसमेत पुर्याउन सक्छ ।
यस्ता छन् खाली पेट चिया पिउनुका खतरा :
१. कतिपयले चियासँगै दूध पनि खाइरहेको भन्दै यसलाई स्वस्थकर मान्छन् । तर, यसमा पूर्ण सत्यता छैन । खाली पेट दूधचिया पिउनाले शरीरलाई थकान महसुस गराउँछ ।
२. कतिपयले कम दूध राखेर चिया पिउने गरेका हुन्छन् । दूधचियाले अस...