प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रलाई गम्भीर कूटनीतिक अप्ठ्यारोमा पुर्याएको टिप्पणी गरेका छन् ।
सरकारको गैरजिम्मेवारीका कारण देश शक्ति राष्ट्रको खेल मैदान बन्ने अवस्था आएको बताएका हुन् ।
शुक्रवार पार्टी कार्यकर्तालाई भर्चुअल सम्बोधन गर्दै ओलीले सरकारको कूटनीतिक असफलताका कारण देश शक्ति राष्ट्रको खेल मैदान बन्न खोजेको टिप्पणी गरेका हुन् । एमसीसी अनुमोदनको लागि भइरहेको दबाबप्रति ओलीको संकेत थियो ।
‘सरकारको सम्बन्धमा धेरै भन्नु परेन, राष्ट्रिय हितको रक्षा गर्न...