काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकल चोरीमा संलग्नलाई सो नगरपालिकाको वडा नम्बर–१० बाट ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्रेको हो ।पक्राउ पर्नेमा नुवाकोट घर भएका २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र १९ वर्षीय रामचन्द्र थापा छन् । तारकेश्वर नगरपालिकामा बस्ने उनीहरुले चैत २७ मा बा.९५प ३३३५ नम्बरको पल्सर मोटरसाईकल चोरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।नुवाकोटका राजु त