धेरै ठाउँको मौसम धुम्म : काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम धुम्मिएको छ । धेरै ठाउँमा बादल लागेको छ भने तराईलगायतका केही ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । बिहान काठमाण्डौको एयरपोर्ट र त्यस आसपास क्षेत्रमा फाट्टफुट्ट पानी परेको छ । अरु ठाउँमा पनि हल्का  पानी  पर्ने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । आज र भोलि पहाडी र हिमाली क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको उहाँले बताउनुभयो । दिउँसोको समयमा घाम देखिए पनि पारिलो घाम नला...

सम्बन्धित सामग्री

काठमाण्डौसहित आसपासका क्षेत्रमा मौसम बदली : पानी पर्ने सम्भावना

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा अहिले मौसम बदली भएको छ । मौसम बदली भएका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रका मौसम बद्ली भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । पश्चिमी वायुको प्रभावले मौसम बदली भएको उहाँको भनाई छ । आज राति कतै कतै मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज पनि पश्चिम नेपालमा पानी पर्ने, भोलिदेखि मौसम सफा हुने

११ माघ, काठमाडौं । आज पनि देशका केही ठाउँमा वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए […]

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने, भोलिदेखि मौसम खुल्दै जाने अनुमान

काठमाण्डाै - आज पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । आज दिउँसो प्रदेश-१, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, आज राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भोलिदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मनसुनको न्यून चापीय रेखा माथि अर्थात भारततिर सर्ने सम्भावना रहेका...

देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली भएको छ । मौसमविद् विष्णु घिमिरेका अनुसार आज पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै, आज तराईका जिल्लामा पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् घिमिरेले जानकारी दिनुभयो । आज तराईका जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । नेपालमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव छ । यसका कारण भोलि प...

धेरै ठाउँको मौसम धुम्म, बेलुका पानी पर्ने अनुमान

काठमाण्डाै - अहिले देशका धेरैजसो ठाउँको मौसम धुम्मिएको छ । पश्चिमी न्यून चापीय प्रणालीको  प्रभावका कारण आज बेलुकीपख धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन्। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश-१ का धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। यस्तै, आज उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात पनि हुने अनुमान छ। राति पनि यी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने मौसमविद् महर्जनले बताउनुभयो । पश्...

मौसम आंशिक बद्ली : प्रदेश-१ का केही ठाउँमा चट्याङ्गसहित पानी पर्ने

काठमाण्डाै - देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ रहेकाले ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण अहिले प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । तर निरन्तर पानी पर्ने सम्भावना भने छैन । एकछिन बद्ली हुँदै फेरि घाम लाग्ने उहाँले बताउनुभयो ।  झापा आसपासको क्षेत्रमा चट्याङ्ग पा...

पहाडी क्षेत्रको मौसम बद्ली : थोरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै - देशकाे पहाडी क्षेत्रको मौसम बद्ली भएको छ । तराईका थोरै ठाउँमा मौसम आंशिक बद्ली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले मौसम बद्ली भएको हो । आज दिउँसो प्रदेश-१, वाग्मती तथा गण्डकी प्रदेशका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ । एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । त्यस्तै आज राति पनि प्रदेश-१, वाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मौसम बद्ली भइ कतैकतै पानी पर्ने अनुमान छ । आज अरु ...

देशभर मौसम बदली‚ पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै ठाउँको मौसम बदली भई हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने जनाएको छ।स्थानीय वायु, पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको कारण वर्षा हुन लागेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। उनका अनुसार मंगलबारदेखि अरब सागरबाट वायु भित्रिएको छ। यसको असर कम्तीमा तीन दिन देखा पर्नेछ। केही दिन कम भएको तुवाँलो पुनः लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो स्थानको बिहान

आजको मौसम : हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परेको महाशाखाले जनाएको छ। दिउँसो यी दुई प्रदेशसहित बागमती, गण्डकी  र लुम्विनी प्रदेशमा पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिए। यस्तै‚ तराईका केही स्थानहरुमा असिनासहितको क्षणिक वर्षाको सम्भावना छ।दिउँसो सामान्यतया मौसम सफा भए पनि प्रि-मनसुन सक्रिय भएकाले बेलुकी हावाहुरी, मेघगर

आजको मौसम : केही ठाउँमा मौसम बदली‚ पहाडी भेगमा पानी पर्ने

काठमाडौं : स्थानीय, पश्चिमी वायु र देशको दक्षिणी भेगमा बनेको तल्लो वायु मण्डलीय न्युन चापीय प्रणालीको असरले मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यिनै प्रणालीको कारण दिउँसो प्रदेश १ को पहाडी भेगका केही स्थानमा पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए। उनका पश्चिमी, मध्य पहाडी तथा तराईका विभिन्न स्थानहरुमा लागेको तुँवालो कायमै रहनेछ। आज पनि ठूलो वर्षा र हावाहुरीको सम्भावना न्युन रहेकाले तत्काल तुँवालो नहट्ने जनाइएको छ।काठमाडौं उपत्यकाको