पशुपति क्षेत्र विकास कोषमा व्यापक अनियमितता : धर्मशालादेखि उद्यानसम्म जताततै झेल !

पशुपति विकास क्षेत्र कोषमा व्यापक आर्थिक अनियमितता भएको पाइएको छ । धर्मशालादेखि उद्यानसम्म जताततै अनियमितता पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुसन्धानको निष्कर्ष छ । खास गरेर भाडामा  धर्मशाला सञ्चालन गर्नका लागि दिइएको ठेक्काको प्रक्रियादेखि असुल गर्नुपर्ने रकम समेतमा अनियमितता भएको केन्द्रको अनुसन्धानबाट  देखिएको छ । सम्झौताविपरीत धर्मशालाको संरचनामा परिवर्तन गर्नेदेखि सम्झौता अनुसारको भाडा नदिए पनि सोही संस्थालाई पटक-पटक सम्झौता नवीकरण गरिदिनेसम्मको कार्यमा कोषका पदाधिकारीहरू संलग्न भएको खुलेको छ। क...