अख्तियारको नियन्त्रणमा रहेका उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद

सेवाग्राहीबाट घूसबापत लिएको ६ लाख रुपैयाँसहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको छ ।