पछिल्लो समय नेपालबाट पनि क्रिप्टोकरेन्सीमा लगानी गर्नेहरूको सङ्ख्या बढिरहेको छ । माघ ११ गते राजस्व अनुसन्धान विभागले कैलाली घर भएका दिनेश खड्कालाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ३७ करोड ६१ लाख रुपैयाँ बिगो र तीन वर्ष कैद सजाय माग गर्दै उच्च अदालत काठमाण्डौमा मुद्दा दायर गरेको छ । यस्ता कारोबारी हजारौँको सङ्ख्यामा रहेको हुन सक्ने अनुमान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।सरकारले नै कानुनी मान्यता नदिएको क्रिप्टोमा लगानी गर्दा देशको अर्थतन्त्र बर्बाद हुने र व्यक्तिले धनसम्पत्ति गुमाउने अवस्था आउ...