बेलायती प्रधानमन्त्री बोरिस जोनसनले विश्वासको मत पाउनु भएको छ । आफ्नै दलभित्र भएको विश्वासको मत परीक्षणमा उहाँले बहुमत आफ्नो पक्षमा पार्न सफल हुनु भएको हो ।
उहाँको पार्टी कञ्जरभेटिभका ३ सय ५९ जना सांसदमध्ये उहाँको पक्षमा २ सय ११ जना सांसदले मतदान गरेका थिए भने विपक्षमा १ सय ४८ जना सांसदले मतदान गरेका बीबीसीले जनाएको छ। उहाँलाई विश्वासको मत जित्नका लागि १ सय ८० मत ल्याए पुग्थ्यो ।
आफ्नो पार्टी कन्जरभेटिभका ५४ जना सांसदले माग गरेपछि जोनसनले विश्वासको मत लिनुभएको थियो । जो...