ताप्लेजुङमा 'दक्षिण एसियाकै नमुना' वन तथा वन्यजन्तु अध्ययन केन्द्र बन्दै

ताप्लेजुङ – ताप्लेजुङमा 'दक्षिण एसियाकै नमुना' का रुपमा जैविक विविधता, वन तथा वन्यजन्तु अध्ययन केन्द्र स्थापना गर्ने उद्देश्यले एकीकृत संरक्षण स्रोत केन्द्रको भवन निर्माण भइरहेको छ । अहिलेसम्ममा भवन निर्माणको काम ८० प्रतिशत सकिएको छ ।  भवनको जग अङ्ग्रेजी अक्षर ‘एल’ आकारमा बसेको छ । वातावरणमैत्री भवन भएकाले स्थानीय जैविक सामग्री प्रयोग गरिएको छ । भवनको काम यही जेठ २२ गतेसम्ममा सम्पन्न हुने सम्झौता भएको छ ।   भवनको भुइँ तलामा काटेको ढुङ्गा प्रयोग गरिएको छ भने माथिल्लो तलामा काठ प्रयो...

सम्बन्धित सामग्री

ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण

ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा नेटवर्कले केन्द्र निर्माण गरेका हुन् । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने गरी केन्द्र निर्माण …