प्रधानमन्त्री देउवाद्वारा छठी पूजा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पर्वको अवसरमा अस्ताउँदो सूर्यको पूजाअर्चना गरेका छन्। आइतवार थापाथली पुगी प्रधानमन्त्री देउवाले पूजा आराधना गरेका हुन्।सोही अवसरमा सर्वसाधारणले पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन्।छठ पर्वका लागि थापाथलीस्थित वागमती नदी किनार झकिझकाउ पारिएको छ। आज छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै छ।सर्वसाधारणले छठ पूजास्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन्। देशका विभिन्न भागमा भव्यरूपमा

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाद्वारा नेता सुनकलाई बधाई

काठमाडौं, कात्तिक ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका […]

प्रधानमन्त्री देउवाद्वारा जितिया पर्वको शुभकामना

काठमाडौं, असोज २ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको तराई क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका साथ मनाइने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गरेका छन् । आश्विन कृष्ण अष्टमीका दिन विशेषगरी तराईबासी मधेसी र थारु महिलाहरूले जितिया पर्वलाई आफ्नो सन्तानको सुख, शान्ति र प्रगतिको कामनासहित मनाउने एउटा उत्साहजनक […]

प्रधानमन्त्री देउवाद्वारा रक्षाबन्धनको शुभकामना

काठमाडौं, साउन २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पु(याउने विश्वास व्यक्त गरेका छन् । रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा प्रधानमन्त्री देउवाले जारी गर्दै शुभकामना सन्देशमा रक्षाबन्धन पर्वले सत्य, निष्ठा र धर्मको बाटो अवलम्बन गर्दै दृढ सङ्कल्पित भएर कर्मक्षेत्रमा अगाडि बढ्न प्रेरणा मिल्ने बताए। […]

प्रधानमन्त्री देउवाद्वारा मिटरब्याजी तेलीलाई पक्रन निर्देशन

काठमाडौँ,२७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । उनले आज गृहमन्त्री बालकृष्ण खाँणलाई मिटरब्याजी तेलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । तेलीले चर्को ब्याज लिएर जिल्लाका विपन्न सर्वसाधारणको शोषण गर्ने गरेको समाचार सार्वजनिक भएको थियो […]

प्रधानमन्त्री देउवाद्वारा मताधिकार प्रयोग गर्न अपिल

काठमाडौं, २९ वैशाख । भोलि हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देउवाले अपिल गरेका छन् । प्रधानमन्त्री देउवाले निर्धक्कसँग मत दिएर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण देशवासीलाई हार्दिक अपिल गरेका हुन् । बिहीबार एक अपिल जारी गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापनलाई चुस्तदुरुस्त बनाएको उल्लेख […]

प्रधानमन्त्री देउवाद्वारा चोभार सुक्खा बन्दरगाह उद्घाटन (फोटोफिचर)

काठमाडौं, २२ चैत । प्रधानमन्त्री शेरबहादुर देउवाले आज चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । चोभारमा निर्माण भएको सुक्खा बन्दरगाहको आज (मंगलबार) प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री देउवाद्वारा माथिल्लो तामाकोशी आयोजना निरीक्षण (फोटोफिचर)

दोलखा, ५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल शनिबार दोलखामा माथिल्लो तामाकोशी आयोजनाको निरीक्षण गर्दै । तस्वीरः रोशन सापकोटा, रासस

प्रधानमन्त्री देउवाद्वारा ‘काँग्रेसको अबको बाटो’ विमोचन

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक विमोचन गरिएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी दिनमा कस्तो बाटो लिनुपर्छ भन्ने सन्दर्भमा तयार पारिएको पुस्तकको आज कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले […]

प्रधानमन्त्री देउवाद्वारा पूर्वप्रधानमन्त्री खनालसँग भेट

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री एवं नेकपा एसका नेता झलनाथ खनालसँग भेटवार्ता गरेका छन् । आज खनालको निवास पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । देउवाले टुवीट गर्दै खनालसँग निवासमा भएको भेटबारे जानकारी दिएका छन् । उनले खनालको स्वास्थ्यमा सुधार भइरहेको समेत उल्लेख गरेका छन् । भारतमा उपचार गरेर स्वदेश फर्किएपछि खनाललाई […]