गण्डकी प्रदेशमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको ११४१ जनाको नमूना परीक्षण गरिएकामा २६९ जनामा संक्रमण देखिएको हो । गण्डकी प्रदेशमा देखिएका संक्रमितमध्ये १३५ पुरुष र १३४ जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनकाअनुसार नयाँ संक्रमितहरुमा कास्कीमा ८६, म्याग्दी ११, पर्वत ५, गोरखा ३३, लमजुङ ३२,तनहुँ ९,स्याङ्जामा ४५ र नवलपुरमा ४८ जनामा संक्रमण पुष्टि भएक