विप्लव समूह गुल्मीका पूर्वसचिवहसहित ५० कार्यकर्ता एमाले प्रवेश

२३ माघ, बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका गुल्मी जिल्ला पूर्वजिल्ला सचिव खिम खड्कासहित नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । रुपन्देहीको सैनामैनामा आइतबार एक कार्यक्रमबीच खड्का करिब ५० जना नेता कार्यकर्तासहित एमाले प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले पार्टीमा स्वागत गरेका थिए । खड्कासंगै अनेरास्वियू क्रान्तिकारीका गुल्मी जिल्ला सदस्य […]

सम्बन्धित सामग्री

विप्लवलाई पक्राउ गर्न पुर्जी जारी गरेकोमा एमालेको विरोध

सरकारले विप्लव समूहलाई कारबाही गर्ने पत्र काटेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा बैठकमा विरोध गरेको छ । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले काटेको पत्र फिर्ता लिन आग्रह गरेका छन् ।  उनले एमाले सरकारले विप्लव समूह र सिके राउतलाई शान्ति प्रक्रियामा ल्याइसकेको अवस्थामा विभिन्न बाहानमा सरकारले विप्लव समूहलाई पत्र काट्ने र उनीहरूलाई फेरी त्यही बाटो रोज्न विवश बनाउन सरकार उद्धत भएको बताए । उनले भने–‘म प्रतिपक्षी दलको तर्फबाट

विप्लव समूहका नेताहरूलाई पक्राउ पुर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई कारबाहीका लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ ।  आज मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्ति प्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘भर्खरै सरकारले नेपाल कम्युनिस्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीका लाग...

राजनीतिक दौडधुपमा विप्लव समूह, एमाले महासचिव पोखरेलसँग भेटवार्ता

काठमाडौं।पछिल्लो समय राजनीतिक दौडधुपलाई तीव्रता दिएको विप्लव नेकपाका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाले एमालेका महासचिव ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन्। विप्लव काठमाडौं बाहिर रहेकाले बाँस्तोलाले बुधबार साँझ एक्लै पोखरेलसँग भेटवार्ता गरेको र भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जनाइएको छ। पछिल्लो समय विप्लव समूहले केपी ओली नेतृत्वको सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि लबिङ गर्न नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकोछ।

ओलीसँग विप्लव समूह असन्तुष्ट, छलफलका लागि बालुवाटार जाँदै

सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहमति कार्यान्वयन हुन ढिलाइ भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेको छ । गत फागुन २१ गते विप्लव समूह र ओली नेतृत्वको सरकारबीच भएको तीन बुँदे सहमतिअनुसार आफ्नो नेता कार्यकर्ताको रिहाइमा ढिलाइ भएको भन्दै विप्लव समूह असन्तुष्ट बनेको हो । सहमतिअनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई तत्काल रिहा गर्ने भनिएको थियो । तर सहमतिको ४